रुकुममा आक्रमणमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन



काठमाडौं– रुकुम पश्चिमको चौरजहारस्थित सोतीका स्थानीयको आक्रमणमा ज्यान गुमाएका ६ जना युवकको सम्झनामा बौद्ध स्तुपामा दीप प्रज्वलन गरिएको छ।

ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीस्वरुप नेबिसंघले बिहीबार साँझ बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको हो। नेपाली कांग्रेसका सांसद प्रकाश स्नेही पनि उपस्थित श्रद्धाञ्जली सभामा विद्यार्थी नेताहरु पनि सहभागी थिए।

घटनाको संसदीय छानबिन समितिद्वारा सत्य तथ्य बाहिर ल्याउनु पर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान केन्दीय सदस्य नवराज त्रिपाठीले माओवादीले सेनाप्रहरीमाथि छापामार शैलीमा गरेको आक्रमण जस्तै निहत्था युवकको रुकुममा हत्या गरिएको बताए।

उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी सबैलाई कारवाही नगरे जातीय विभेदको घटना कहिल्यै निर्मूल नहुने उनले बताए।

नेविसंघ शहिद आदर्श क्याम्पसले आयोजना गरेको कार्यक्रममा जातीय विभेदविरुद्धका विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको नेविसंघ नेता मनीष सिंखडाले बताए। कार्यक्रमको सभापति सहिद आदर्श बहुमुखी क्याम्पसका इकाइ अध्यक्ष श्री योगि थिए ।

प्रतिक्रिया दिनुहोस्