कपिलवस्तुमा गोली प्रहार गरी महिलाको हत्या



काठमाडौं: कपिलवस्तुको वाणगंगा नगरपालिकामा गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ। गए राति १ बजे अज्ञात समूहको गोली प्रहारबाट एक महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४ कुवेरापुरकी अनिता पौडेल रहेको प्रहरीले जनाएको छ।

उनको शव पोष्टमार्टमको लागि तौलिहवा अस्पताल पठाइएको कपिलवस्तुका डिएसपी रवि रावलले जानकारी दिए। रावलले मृत्यु हुने महिला अनिता पौडेल रहेको पृष्टि गरे । घटनाको कारण भने खुल्न सकेको छैन। खाना खाएर घरमा बसेका बेला राति दुई जनाको समूहमा आएका व्यक्तिले पौडेलमाथि गोली हानेर फरार भएको बताइन्छ।

दुई जना अपरिचित व्यक्तिले पौडेलमाथि गोली प्रहार गरेका थिए । उनीहरु गोली प्रहार गरी भागेको प्रत्यक्षदर्शीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्