उच्चस्तरीय समितिलाई मन्त्रिपरिषद्को निर्देशन-‘लकडाउन खुकुलो पार्ने योजना बनाउनुहोस्’



काठमाडौं– लकडाउनलाई बिस्तारै खुकुलो पार्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । आज बिहिबार बालुबाटारमा बसेको बैठकमा कोरोना भाइरसँग कसरी लड्ने भन्ने योजना ल्याउन मन्त्रिपरिषद्ले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ ।

बैठकले लकडाउन खुकुलो कसरी पार्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । त्यसेगरी विदेशबाट आउन चाहने नेपालीलाई कसरी ल्याउने तथा ल्याएर कहाँ व्यवस्थापन गर्ने भन्नेबारे बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्