वीरगन्जमा संघीय सरकारको अर्थमन्त्री र प्रदेश २ का मुख्यमन्त्रीको पुतला जलाए



वीरगन्ज– प्रतिपक्ष दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले अर्थमन्त्री र मुख्यमन्त्रीको पुतला जलाएर सघीय तथा प्रदेश सरकारको विरुद्ध वीरगन्जमा प्रर्दशन गरेको छ ।

लकडाउन पालना गराउन वीरगन्ज लगायतको क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ ।

शहरको मुटु मानिने घण्टाघर चौकमा चौविसे घण्टा घटेका प्रहरीलाई चुनौती दिदै नेवि संघका विद्यार्थीहरुले बिहिबार घण्टाघर चौकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडा र प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुतला लगाउँदै विरोध प्रर्दशन गरेका हुन् ।

लकडाउनले जनता भोकभोकै बस्नु पर्ने अवस्था आइ सक्दा पनि सरकार भने राहत दिनुको साट्टो कर असुल्नमा मात्रै व्यस्त भएको भन्दै नेविसंघले अर्थ तथा मुख्यमन्त्रीको पुतला जलाउँदै प्रदर्शन गरेको हो । प्रर्दशनमा सहभागिताहरुले दुवैतहको सरकार र मन्त्री विरुद्ध नाराबाजी समेत गरेको थियो ।

अर्थमन्त्री तथा मुख्यमन्त्रीको पुतला दहन गर्न खोजेपछि प्रहरीले पुतला नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो । प्रहरीले पुतला नियन्त्रणमा लिने प्रयास गरेपछि नेवि संघका कार्यकर्ता र प्रहरी विच घम्साघम्सी समेत भएको थियो । अन्तत पुतला दहन पश्चात उनीहरुले वीरगन्जमा विरोध प्रदर्शन समेत गरेका थिए ।

घण्टाघर चौकबाट निकालिएको विरोध जुलुस माईस्थान, महाविर स्थान हुदै आर्दशनगरमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेवि संघका जिल्ला अध्यक्ष विकास तिवारीले लकडाउनमा जनतालाइ राहत दिनुको सट्टा सरकारले उल्टै कर असुल्ने ताकता गरेर आहत दिएकोले सरकार विरुद्ध प्रदर्शनमा उत्रिएको बताए ।

उनले भने– ‘संघीय सरकार राहत दिनुको सट्टा कर असुल्ने नीतिमा मात्रै लागेको छ, जनता कसरी बाचेका छन्, चासो छैन, उसलाइ कर मात्रै चाहिएको छ ।’

अध्यक्ष तिवारीले प्रदेश सरकार त महिनौ दिन देखि सुतेर बसेको आरोप लगाए । ‘मुख्यमन्त्रीलाई आफनो जनताको मतलब नै छैन्, जनता भोकभोकै बसेका छन, तर सरकार भ्रष्ट्रचारमा लिप्त भएको हुनाले यस्ता मुख्यमन्त्रीले नैतिकताको आधारमा तुरुन्त राजिनामा दिनुपर्छ’– उनले भने ।

अध्यक्ष तिवारीले व्यापारीलाई मार्न पाईदैन, दुईमहिनाको बैंक व्याज, पानी, विजली, घरभाडा माफ गर्नपर्नु, निजि कम्पनीमा कार्यरत कर्मचारीलाई तलब उपलब्ध गराउँनु पर्ने, सर्वसाधारणलाई तुरुन्त राहत वितरण गर्नुपर्ने, करको म्याद सावन समान्तसम्म राखिनुपर्ने, लगायतको माँग समेत गरेका छन् ।

विरोध प्रर्दशन कार्यक्रममा नेवि संघका पूर्व प्रदेश सदस्य, अभय कर्ण, जिल्ला प्रवक्ता केशव राज मिश्रा, पूर्व क्षेत्रिय सभापती रंन्जीत पटेल, जिल्ला सदस्य अलि हुसैन, अर्जुन गुप्ता, विक्की सर्राफ, राजेश साह, रेसाज आलम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्