यसरी गरौँ ढाडलाई आराम दिने योग



– सबैभन्दा पहिले आफ्नो योगम्याटमा आरामसँग बस्नुहोस् ।

– बिस्तारै दुवै खुट्टा खुम्च्याउनुहोस् । त्यही अवस्थामा म्याटमा आरामले पल्टिनुहोस् ।

– दुवै हत्केलालाई आफ्नो पेटमा राख्नुहोस् । अब आफ्नो आँखा बन्द गरेर श्वासको गतिसँग पेट तल–माथि गरेको अनुभव गर्नुहोस् । यो वेला आफ्नो सम्पूर्ण ध्यान श्वासमा लगाउनुपर्छ ।

– यो पोजिसनमा कम्तीमा १० मिनेट बस्न सकिन्छ । यो अभ्यास जुनसुकै समयमा पनि गर्न सकिन्छ ।

– खुट्टा सीधा परेर गर्दा ढाडदुखाइको समस्या बढ्ने हुन्छ । घुँडा खुम्च्याएर यो अभ्यास गर्दा ढाड दुख्दैन । त्यसैले ढाड दुख्ने समस्या हुनेहरूले पनि यो अभ्यास गर्न सक्छन् ।

– सबै अभ्यास सकिएपछि आराम गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्