अमेरिकामा एकै दिन २१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी : कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख १० हजार १७१ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २९ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ८५३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ लाख २३ हजार ६३६ पुगेको छ ।

कुल संक्रमितमध्ये ७ लाख ७ हजार १५० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ६ हजार ३१५ जनामध्ये १६ हजार ९२५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्