गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना पुष्टि



काठमाडौं : गण्डकी प्रदेशमा शुक्रबार बिहान थप दुई जनामा कोरोना पुष्टि भएको छ । तनहुँ ऋषिङ गाउँपालिका ३९ र ४० वर्षीय पुरुषमा कोरोना संक्रण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँमा संक्रमित हुनेको संख्या ३ पुगेको छ भने गण्डकीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५६ पुगेको छ ।

जसमध्ये बागलुङका २ र लमजुङका एकजना निको भइ घर फर्किसकेका छन् । गण्डकीका ७ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्