
काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने सङ्कल्पका साथ वर्तमान सरकार अगाडि बढिरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले हिजाे आयोजित गरेकाे साक्षात्कारमा नेताहरुले सरकारको एक मात्र उद्देश्य आर्थिक विकास भएको हुँदा वर्तमान सरकारलाई सहयोग गर्न प्रतिपक्ष दलका नेताहरुलाई समेत आग्रह गरेका हुन् ।
नेकपाका स्थायी समिति सदस्य एवं सरकारद्वारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले वर्तमान सरकारले हत्या, हिंसामा सङ्लग्न अपराधी पत्ता लगाएरै छोड्ने दाबी गरे ।
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले सरकारको अहिलेसम्मको गतिविधि हेर्दा सरकार पूर्ण रुपमा असफल भइसकेको टिप्पणी गरे । सङ्घीय समाजवादी फोरम नेपालका नेता डा शिवजी यादवले आफ्नो पार्टीले उठाएका माग पूरा गर्न सरकारसँग आग्रह गरे ।