मिथिलामा ३ सय ७० उद्योग दर्ता



जनकपुरधाम: धनुषाको मिथिला नगरपालिकामा ३ सय ७० साना तथा घरेलु उद्योग दर्ता भएका छन् । संघीय सरकारले साना तथा घरेलु उद्योगको दर्ता नगरपालिकामा गर्ने ब्यवस्था गरेपछि नगरपालिकामा घरेलु उद्योग दर्ताको लहर चलेको हो ।

नगरपालिकाका प्रमुख हरिनारायण महतोले नगरपालिकालाई औद्योगिक हव घोषणा गर्ने तयारी गरिएको बताए । प्लाई , पाइप लगायत एक दर्जन ठुला उद्योग पनि नगर क्षेत्रमा सञ्चालित छन् । मिथिला नगरपालिकामा साना तथा घरेलु उद्योग खोल्ने लहर चलेको प्रशासन शाखाका प्रमुख विजय मण्डलले बताए ।

नगरपालिकामा दर्ता हुने उद्योगमा चक्लेट , चाउमिन, विस्कुट, चियापती, अगरवती लगायत छन् भने कतिपयले कृषि उद्योग समेत दर्ता मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस्