एनसेल विष्फोटका ४ कारण, ‘जय जनता’ ले लियो जिम्मेवारी 



काठमाडौं: देशका विभिन्न स्थानमा रहेका एनसेल टावरमा गयराती भएका विष्फोट र आगलागीको घटनाको जिम्मेवारी ‘जय जनता’ ले लिएको छ । घटनास्थलमा ‘जय जनता’ नामको पर्चा फेला परेको छ । पर्चामा एनसेल माथिको कारबाही किन गरिएको भन्ने चार कारणहरू  छन् ।

एनसेलले ७२ अर्ब कर नतिरेकाले, सर्वोच्च अदालतको फैसला उल्लंघन गरेकाले, नाफा रकमको केही अंशसम्म पनि नेपालमा लगानी नगरी पुरै रकम विदेश  निर्यात गरेकाले र राष्ट्रिय स्वाधिनता र सार्वभौम सत्तामाथि खलल पुर्‍याउने गरी दलाल पूँजीवादलाई संस्थागत गरेकाले एनसेल टावरमा आगलागी गराइ चेतावनी दिएको पर्चामा उल्लेख छन् । पर्चामा अन्तिममा भनिएको छ: 

इन्कलाव जिन्दावाद

वैज्ञानिक समाजवाद–जिन्दावाद 

कर छलुवा Ncell मुर्दावाद । 

प्रतिक्रिया दिनुहोस्