भोज खान गएका २ जनाको करेण्ट लागेर मृत्यु



जनकपुरधाम: महोत्तरीको लोहारपटी नगरपालिका २ सुखौनियामा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । सन्तान जन्मेको खुशियालीमा भोज तथा नाचगानमा सहभागी हुन गएका उनिहरुको करेण्ट लागेर मृत्यु भएको हो ।

स्थानीय  सकल मुखियाको घरमा शुक्रबार राति सन्तान जन्मेको खुशीमा भोज तथा नाचगानको आयोजना गरिएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार लोहारपट्टी नगरपालिका ३ बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय रामईश्वर यादवको करेण्ट लागेर मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले भोजमा क्यासेट बजाउन बिजुलीको पोलमा तार जोड्ने क्रममा करेन्ट लागेर सिकिस्त भएका दुवैजनाको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्