एनसेल टावर सुरक्षाका लागि प्रहरी परिचालन



म्याग्दी : म्याग्दीका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगजनी भएपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । शुक्रवार राती एनसेलका पाँच वटा टावरमा अज्ञात समुहद्धारा आगजनी भएको थियो । 

टावरमा क्षति पुर्‍याउने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । विप्लव समूहको नेकपाका कार्यकर्ताले टावरमा आगजनी गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

म्याग्दीका १३ स्थानमा एलसेलका टावर छन् ।

प्रतिक्रिया दिनुहोस्