सार्वजनिक भयो ‘जानी नजानी’को ट्रेलर



काठमाडौं : नेपाली फिल्म ‘जानी नजानी’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो । फिल्म ‘जानी नजानी’ बाट वसन्त अधिकारले फिल्म निर्देशनमा डेब्यू गर्दै छन् ।  

यस फिल्ममा मनिष श्रेष्ठ, डेव्यु गर्ल निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारको अभिनय छ । रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको प्रस्तुत कर्ता रोशनी केसी हुन् । 

फिल्मको निर्मातामा मोदनाथ खनाल र सागर काजी माली छन् । यसमा सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद छ । 

फिल्म चैत्र एक देखि प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्