महोत्तरीमा करेन्ट लागेर दुई जनाको ज्यान गयो



जनकपुर : करेन्ट र लागेर महोत्तरीमा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारीअनुसार लोहारपट्टी नगरपालिका ३ का भरत यादव र रामेश्वर यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

लोहारपट्टी नगरपालिका–२ का सकल मुखियाको घरमा गएराति बच्चा जन्मेको खुसीमा आयोजना गरिएको भोजमा गीत बजाउन बिजुलीको पोलमा तार जोड्ने क्रममा करेन्ट लागेर दुवै जना घाइते भएका थिए ।

घाइते दुवैजनाको उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्