यस वर्ष चिकित्सा शिक्षा शुल्क नबढ्ने



काठमाडौं : यो वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ ।

 

सरकारले मेडिकल कलेजहरूलाई शुल्क नबढाउन आइतबार निर्देशन दिएको हो । ‘बढी लिए कारबाही गर्छौं,’ आइतबार मन्त्रिपरिषद्ले निर्णय गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने ।

कलेजले बढी शुल्क लिए विद्यार्थी र अभिभावकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिन सक्नेछन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्