आयोडीनयुक्त नुनको प्रयोग बढ्दो



अमरगढी: केही वर्षयता डडेल्धुरामा आयोडिनयुक्त नुनको प्रयोग बढ्दै गएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालयले जिल्ला सदरमुकाम तुफानडाँडा डिपो सञ्चालनमा ल्याएपछि जिल्लामा आयोडीनयुक्त नुनको प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको हो । 

बढ्दो जनचेतना तथा विभिन्न सञ्चार माध्यमबाट आयोडिनयुक्त नूनको महत्वबारे जानकारी हुन थालेपछि प्रयोग पनि बढ्दै गएको नेपाल साल्टट्रेडिङ डडेल्धुरा डिपोका कर्मचारी देवबहादुर पालले बताए । नवदुर्गा, गान्यापधुरा र भागेश्वर क्षेत्रका विकट गाउँपालिका स्थानीयवासीले भने अझै ढिके नुन नै बढी प्रयोग गर्ने गरेको उनको भनाइ छ । 

नवदुर्गाको चमा÷चौड, भागेश्वरको जाँख र गान्यापधुराको रेल रुमायल क्षेत्रका विकट बस्ती जिल्ला सदरमुकामसम्म आउन समस्या हुने भएकाले उक्त क्षेत्रका स्थानीयवासीले आयोडिनयुक्त नुन कम प्रयोग गर्ने गरेको हुनसक्ने कुँवरको भनाइ छ । अहिले बजारमा आयोडिनयुक्त नुन पाइने गरेको तथा साल्ट ट्रेडिङको तुफानडाँडा डिपोबाट पनि धेरैले आयोडिनयुक्त नुन खरिद गर्ने गरेको पालले बताए ।

प्रतिक्रिया दिनुहोस्