समुन्द्रमुनिको रहस्यमय मन्दिर



एजेन्सी : विश्वका हरेक ठाउँको आ–आप्mनै विशेषता र सुन्दरता हुन्छ। यस्ता स्थानमा इन्डोनेसियाको आइल्यान्ड, बाली पनि पर्छ। स्वच्छ, सफा, कलरफुल कल्चर र चारैतिर फैलिएको हरियालीले यस स्थानको सुन्दरता झनै बढाएको छ। यहाँ होटलदेखि रेष्टुरेन्ट, स्पा, एडभेन्चर एक्टिभिटिज लगायतको सुविधा रहेको छ। तर, यो बाहेक अर्को रोचक दृश्यका कारण यहाँ दुनियाँ भरीका पर्यटकहरूको ओइरो लाग्ने गर्छ, त्यो हो समुन्द्रमुनिको मन्दिर।

हुन त बालीमा धेरै मन्दिरहरू छन् तर यो मन्दिर बिल्कुल फरक छ। बालीको पेमुतेरान तटको बीचमा समुन्द्रदेखि ९० फिट तल रहेको यो मन्दिर आज पनि कौतुहलताको केन्द्र बनेको छ। इन्डोनेसियास्थित बालीको यो मन्दिर निकै पुरानो हो। हुन त यो मन्दिर भगवान शिवप्रति समर्पित छ तर यसमा विष्णुको मुर्ती पनि छ, जुन लगभग ५००० वर्ष पुरानो हो। मानिसहरू स्विमिङ्ग मार्फत् उक्त मन्दिर अवलोकन गर्न जाने गर्छन्।

समुन्द्रमुनिको यो मन्दिर हेर्दा खण्डहर जस्तो देखिन्छ। मानिसहरू यसलाई द्वारिका नगरी मान्छन्। किनकी द्वारिका नगरी समुन्द्र तटको किनारमा बसेको थियो र केही समयपछि समुन्द्रमै विलिन भएको थियो। भगवान विष्णु र शिव बाहेक यहाँ अझै धेरै मुर्तिहरू रहेका छन्। यसले पुरानो समयमा हुने पूजापाठलाई दर्शाउँछ। हिन्दू देवी देवताको साथमा यहाँ भगवान बुद्धको पनि मुर्ती रहेको छ।

प्रतिक्रिया दिनुहोस्