किसानका लागि सहुलियतपूर्ण कर्जामा व्याज अनुदान



सुर्खेत : नेपाल राष्ट्र बैकले किसानका लागि सहुलियतपूर्ण कर्जामा व्याज अनुदान कार्यक्रम लागु गरेको छ । विभिन्न सात वटा क्षेत्रका लागि पाँच करोडसम्म सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिइने नेपाल राष्ट्र बैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोख्रेलले जानकारी दिए । 

राष्ट्र बैंकले व्यवसायिक पशुपन्छी तथा कृषि, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना कर्जामा ब्याज अनुदान दिएको पोखरेलले बताए । उनले महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा र भूकम्प पीडितहरूको निजी आवास निर्माणमासमेत अनुदान उपलब्ध गराउने जानकारी दिए । 

कार्यक्रम लागु भएका सात जिल्लाका २० हजार बढी किसानहरू वित्तीय साक्षरता कक्षामा सहभागी भई उनीहरूले वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गर्ने मौका पाएको बैंकको क्षेत्रीय कार्यालय नेपालगन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्