प्रदेश २ सरकारले दलित बस्ती पुनर्निर्माणका लागि सहयोग गर्ने



जनकपुर : प्रदेश २ सरकारले दलित बस्ती पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ । आर्थिक रूपले कमजोर दलितका घर तथा बस्ती पुनर्निर्माणमा सहयोग गर्न लागेको प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताए ।

नेपाल मधेस फाउडेशनले शनिबार जनकपुरमा आयोजना गरेको ‘सुन्दर शान्त नेपाल’ कार्यक्रममा कृषि मन्त्री साहले प्रदेश २ का आठ वटै जिल्लाका दलित बस्ती पुनर्निर्माण गर्न ३० लाखका दरले सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रम नेपाल मधेस फाउंडेशनका अध्यक्ष कपलेश्वर सरदार, प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, प्रदेश सांसद नेत्रविक्रम साहलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्