अश्वमेध महायज्ञको सुरक्षाका विषयमा छलफल



वीरगन्ज : नेपालमै पहिलो पटक हुन लागेको अश्वमेध गायत्री महायज्ञलाई भब्यरुपमा सफल बनाउन नेपाल र भारतका सुरक्षा अधिकारी लगायत सरोकारवाला निकायका प्रमुखसँग छलफल भएको छ।

महायज्ञलाई सफल बनाउनुका साथै भारत लगायत विभिन्न मुलुकबाट आएका भक्तजनको सिमामा सुगम एवं व्यवस्थीत आवागनको लागी सिमावर्ती सुरक्षा अधिकारीबीच छलफल भएको हो। वीरगन्जमा सम्पन्न बैठकमा भारतसँगको सिमावर्ती सहर रक्सौल तथा त्यसआसपास भएर आउने भक्तजनको आवागनलाई सहज बनाउन यज्ञको अवधिभरी आइसिपिको बाटोमा सवारी साधन खुलाउने सहमति भएको छ।

भारतको विभिन्न प्रान्तबाट आउने भक्तजनको लागी वीरगन्जको रक्सौल स्टेशन नजिकै रहेको गायत्री मन्दिर र बाटा चौक लगायतका आवश्यक ठाउँहरूमा सुचनाडेस्क स्थापना गरिने महायज्ञ आयोजन समितिले जनाएको छ।

अश्वमेध आयोजन समितिका कार्यकारी अध्यक्ष विजय कुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा महायज्ञलाई शान्तिपुर्ण बनाउन सुरक्षाका सबै अगंलाई परिचालन गर्नुको साथै सिसिक्यामरा, ड्रोन क्यामरा लागयतका विभिन्न प्राविधिक उपकरणको यज्ञस्थलमा परिचालन गर्ने विषयमा समेत छलफल भएको थियो। बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले महायज्ञलाई सफल बनाउन सुरक्षाका सबै अगंहरूलाई आवश्यकता अनुसार परिचालन गर्ने बताए। 

प्रतिक्रिया दिनुहोस्