निःशुल्क स्वास्थ्य शिविरमा ६ सय १५ जनाको उपचार



म्याग्दी : म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा पहिलो पटक आयोजना गरिएको विशेषज्ञ चिकित्सकसहितको वृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय १५ जना लाभान्वित भएका छन् ।

म्याग्दी पोखरा चौतारीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमान्डौ र बेनपा २ को  सह आयोजनामा सञ्चालन गरिएका निःशुल्क स्वास्थ्य शिविरमा पोखराका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । 

शिविरमा विशेषज्ञ चिकित्सक आएकाले स्वास्थ्य जाँच गराउनेको भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्