धनगढी प्रिमियर लिग : ‘सुनको जुत्ता’ दिपेन्द्र ऐरीलाई !



काठमाडौं : सिवाइसी अत्तरियाका कप्तान दिपेन्द्रसिंह ऐरीले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा सुनको जुत्ता प्राप्त गरेका छन्। शनिबार (आज) भएको फाइनल खेलमा दिपेन्द्रको अत्तरियाले शरद भेषावकरको महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।

ऐरीले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै सुनको जुत्ता प्राप्त गरेका हुन्। कप्तान दिपेन्द्रले ७ खेलमा १ सय ६८ रन बनाउनुको साथै १० विकेट लिएका थिए। फाइनल खेलमा अत्तरियालाई उपाधि जिताउन उत्कृष्ट प्रर्दशन गरेका भारतीय खेलाडी सन्नी पटेल ‘म्यान अफ द सिरीज’ र ‘बेस्ट ब्याट्सम्यान’ घोषित भए।

सन्नीले ७ खेलमा ६ पटक ब्याटिङ गर्दा २ सय २ रन बनाएका थिए। उनले खेलअवधिभर बलिङमा पनि ९ विकेट लिए। बेस्ट ब्याट्सम्यान मार्फत १ लाख र म्यान अफ द सिरीज चुनिएकोमा उनले २ लाख प्राप्त गरे।

भुवन कार्की ७ खेलमा १४ विकेट लिदै प्रतियोगिताकै उत्कृष्ट बलर चुनिए। उनले १ लाख प्राप्त गरे। उपाधिसँगै अत्तरियाले ३० लाख प्राप्त गर्दा उप–विजेता बनेको महेन्द्रनगरले १२ लाखमा चित्त बुझायो।

 

प्रतिक्रिया दिनुहोस्