वडाध्यक्षकाे बुलेट माेटरसाइकल माेह : दिने भए देऊ, नदिए धर्मशाला बनाइदेऊ



जनकपुरधाम : उपमहानगरपालिकाले २५ वटै वडाध्यक्षलाई मोटरसाइकिल दिने बताएपछि अधिकांश अडाध्यक्षले बुलेट मोटरसाइकल माग अघि सारेका छन् । बैठकमा मेयर लालकिशोर साह र वडाध्यक्षबीच मोटरसाइकल र दशैं खर्च दिने या नदिने भन्ने विषयमा चर्काचर्की नै भएको समाचार प्राप्त भएको छ । 

 

आइतबार सञ्चारकर्मीलाई जानकारी नदिई बसेको उपमहानगरपालिकाको बैठक आधा घण्टाको लागि बसेको थियो ।  

साथै वडा नम्बर १० का अध्यक्ष मिथिलेस कर्णले ३ बजेको बैठकका लागि अढाई बजेको फोन आएकोप्रति गुनासो गरे । उनले भने, ‘ढिलो खबर गरिएकाले म गइनँ ।’

 

जानकारीअनुसार आइतबार बसेको उपमहानगरको बैठकले मेयरलाई २५ हजार, उपमेयरलाई २२ हजार र प्रत्येक वडाध्यक्षलाई २० हजारका दरले दसैं खर्च उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै वडासदस्यहरुलाई पनि चार हजारका दरले दसैं खर्च दिइने निर्णय भएको थियो । 

 

बैठकले प्रत्येक वडाको चोक बिजुली बत्ती लगाइने पनि निर्णय गरेको जनाइएको छ । 

यता उपमहानगरपालिका वडाध्यक्षले मोटरसाइकल नै माग्न थालेपछि समस्या सिर्जना भएको छ । वडाध्यक्षहरुले बुलेट मोटरसाइकल दिने भए देऊ नदिने भए सो रकम बराबरको धर्मशाला बनाइदिऊ भनी उपमहानगरसमक्ष माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्