सीपमूलक शिक्षाले मात्रै बेरोजगारी समस्या हट्छ : मन्त्री पोखरेल



जनकपुर : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रविधि सहितको सीपमूलक शिक्षा आवश्यक रहेको बताएका छन् । ‘साक्षर नेपाल वर्ष, २०७६ र विद्यार्थी भर्ना अभियान’ सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रियामा मन्त्री पोखरेलले गुणात्मक प्रविधि शिक्षामा जोड दिनुपर्ने बताएका हुन् । 

‘देशमा अहिलेपनि धेरै पढेलेखेका बेरोजगार युवाहरू छन्,’ उनले भने, ‘यदि प्राविधिक शिक्षा लिने यवथा हुन्थ्यो भने हरेकले रोजगारी गरिरहेका हुन्थे ।’ सीपमूलक शिक्षाले मात्रै बेरोजगारी समस्या हटाउन सक्ने उनको भनाइ थियो । 

उनले सबै पालिकाका प्रमुख÷उपप्रमुखलाई आ–आफ्ना स्थानीय तहमा विद्यार्थी भर्ना अभियान सक्रिय रूपमा चलाउन निर्देशन समेत दिए ।

कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश र स्थानीय सरकारले सहकार्य गरेर प्रदेश २ लाई शिक्षामा नमुना बनाउने बताए । 

कार्यक्रममा आठै जिल्लाका स्थानीय तह प्रमुख उपप्रमुखको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्