जनअपेक्षा धान्न नसकेपछि हल्काफुल्का घोषणामै खुम्चिँदैछन् ओली



काठमाडौं:  संसारभरि सल्किइरहेको लोकप्रियतावादको डढेलोबाट नेपाल पनि मुक्त नहुने संकेत केपी ओली सरकारको एक वर्षले देखाइसकेको छ। जनअपेक्षा धान्न नसकेपछि प्रधानमन्त्री केपी ओली प्रचारप्रसार र हल्काफुल्का घोषणामै खुम्चिन थालेका छन्।

एक वर्षयता प्रधानमन्त्री ओली र उनले हाँकेको मन्त्रिपरिषद् मात्रै होइन, नेकपा नेतृत्वका अधिकांश प्रदेश र स्थानीय सरकारमा समेत यो प्रवृत्ति झाँगिएको छ। लोकप्रियतावाद अर्थात् नारा, कुरा मीठा, अपेक्षाभन्दा थोरै नतिजा। आलोचनाप्रति कठोर, असहिष्णु र आत्मप्रशंसामा रमाइरहेका ओली स–साना विषयमा पनि टिप्पणी गरिरहेका हुन्छन्।

सुदूरपश्चिम प्रदेशसभाको सम्बोधनमा गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ गीतप्रति टिप्पणी गरिरहेका थिए। २ फागुनको सम्बोधनमा प्रतिपक्षलाई ‘मिति पुगेकाहरु’ भन्न भ्याए। अझ आफूलाई नसिकाउन चुनौति नै दिए ओलीले। नेपाल साप्ताहिकबाट 

प्रतिक्रिया दिनुहोस्