२० वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री फेरिए, तर आएन मेलम्चीको पानी 



काठमाडौं: ०४७ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे। सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्यो।

त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगेन। अझै अन्योल छ। समिति गठन भएको तीन वर्षपछि ०५८ मा एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु भयो। सात वर्षत्रि काम सक्ने लक्ष्य राखिएको थियो।

तर, सरकारले एडिबीको ऋण सर्त पालना गर्न नसक्दा केही समयमै काम प्रभावित भयो। त्यसपछि पनि निर्माण कम्पनीहरुसँगको ठेक्का तोडियो, नयाँ ठेक्का हुने क्रम जारी रह्यो। अहिलेसम्म मेलम्ची आयोजनामा ४२ अर्ब रुपैयाँ सकियो। अझै १० प्रतिशत काम बाँकी रहेको खवर नयाँपत्रिकामा छ  ।

प्रतिक्रिया दिनुहोस्