क्वारेन्टाइनलाई व्यवस्थित पार्न झापाको कचनकवलमा सेना परिचालन



दिपक सिलवाल, झापा– नेपालमा कोरोना भाइरसको परीक्षणको दायरा बढाएसँगै कोभिड–१९ बाट संक्रमित हुनेहरूको संख्या दिनप्रति दिन बढ्दो छ ।

प्रदेश २ कोरोना भाइरसको चपेटामा परेको छ भने प्रदश नं १ पनि कोरोना भाइरसको हट स्पट बन्दै गइरहेको छ । यस्तैमा क्वारेन्टाइन प्रभावकारी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय झापाले सेना परिचालन गरेको छ । झापाको कचनकवल र काँकडभिट्टाका क्वारेन्टाइनहरूमा सेना परिचालन गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नं १ मा २ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी ४ हजार ५९ जना क्वारेन्टाइनमा रहेका छन् भने १ सय ६६ जनाको आईशोलेशनमा उपचार भइरहेको छ । यस्तै ७६ जना कोरोना संक्रमितहरू डिस्चार्ज भएका छन् ।

नेपालमा अहिलेसम्म २ हजार ९ सय १२ जनामा केरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ सय ३३ जना निको भएका छन् भने कोरोनाको संक्रमणबाट ११ जनाको मृतयु भएको छ । मन्त्रालयका अनुसार देशभर १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्