कर, बैंक व्याज र विजुलीको विल मिनाहाको माग गर्दै प्रर्दशन



वीरगन्जः प्रमुख प्रतिपक्षको भुमिकामा रहेको नेपाली काँग्रेसले कर मिनाहाको माग गर्दै आज वीरगन्जमा विरोध प्रर्दशन गरेको छ ।

नेपाली काँग्रेस पर्सा क्षेत्र नं.१ ले लकडाउनमा जनतालाई सहुलियत दिनुपर्नेमा सरकारले उल्टै कर असुल्न जारी गरेको सूचनाको विरोधमा शनिबार दिउँसो १२ बजेदेखि १ बजेसम्म १ घण्टा वीरगन्जको आर्दशनगर चौकमा विरोध प्रर्दशन गरेको हो ।

विरोध प्रर्दशनमा सहभागि काँग्रेसका नेता कार्यकर्ताले लकडाउन अवधिभरीको कर, बैंक व्याज तथा बिजुलीको बिल माफ गर्नुपर्ने मागसहितको अंकित प्लेकार्ड लिएर प्रर्दशन गरेको हो । आर्दशनगर चौकमा समाजिक दुरी कायम गरी उनीहरुले सरकार विरुद्ध प्रर्दशन गरेका हुन् ।

विरोध कार्यक्रमको नेतृत्व गरीरहेको काँग्रेस पर्सा क्षेत्र नम्बर १ का अध्यक्ष बिजय सर्राफले लकडाउन अवधीभरको कर, बैंक ब्याज र विजुली विल माफ गर्नुपर्ने माग गरे । लकडाउनमा सम्पूर्ण व्यवसायी नै धरासायी भएको अवस्थामा छ उनले भने, यसबाट प्रभावितलाई सरकारले राहत दिनुपर्नेमा उल्टै कर बुझाउँन ताकेता गर्नु उचित छैन ।

लकडाउन अवधीभरको कर, बैक व्याज र विजुली विल मिनाहा सहित जनताको समस्या यथाशिघ्र समाधान गर्नुपर्ने उनले माग गरे । अध्यक्ष सर्राफले भने, लकडाउनले गर्दा, व्यापारी, निजि व्यवसायी, आम जनता मर्कामा परेको हुनाले यथाशिघ्र समस्या समाधान हुनुपर्ने माँग गर्दै पहिलो चरण अन्तरर्गत विरोध प्रर्दशन गरिएको छ । यसमा सरकारले सच्याएन भने, थप दोश्रो चरणको विरोधको कार्यक्रम गरिने उनले बताए ।

विरोध प्रदर्शनमा सहभागीहरुले अर्थमन्त्री राजिनामा दे, जनता मार्न पाइँदैन, बिजुली शुल्क, नागरिकले तिर्नु पर्ने कर मिनाहा गर लगायतका नारा लगाएका थिए । सरकारले नागरिकका समस्यालाई यथाशिघ्र सम्बोधन नगरे कडा संघर्षमा उत्रने सहभागिहरुले चेतावनी दिएका छन ।
आर्दशनगरको मुख्य चौकमा काँग्रेसको प्रदर्शन भईरहेको बेला व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । कोरोना महामारीको संक्रमण फैल्न नदिनको लागि समाजिक दुरीलाई व्यवस्थित बनाउँन वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुको नेतृत्वमा एसटिएफको टोली सहित उल्लेखनिय प्रहरी परिचानल गरिएको थियो ।

विरोध कार्यक्रममा नेपाली काँग्रेस पर्साका सभापती अजय दुवेद्धी, पार्टीका युवा नेता एवं पूर्व सासद अनिल रुगंटा, क्षेत्र नम्बर ४ का क्षेत्रिय अध्यक्ष श्याम पटेल, नेवि संघका केन्द्रिय सदस्य एवं पार्टीका जिल्ला कोषाध्यक्ष ईम्तीयाज आलम, नेवि संघका जिल्ला अध्यक्ष विकास तिवारी, पार्टीका नेता जगत प्रसाद कानु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्