बजार व्यवस्थित गर्न ट्राफिक सिग्नल प्रदान



जनकपुरधाम : जनकपुर उपमहानगरपालिकामा आज धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २ सय थान ट्राफिक सिग्नल प्रदान गरिएको छ । 

उपमहानगरले उक्त ट्राफिक चिह्नअंकित बोर्ड प्रदान गरेको वडासदस्य मनोज साहले जानकारी दिए । 

 

जनकपुरधाम नगर क्षेत्रभित्र सवारीसाधन व्यवस्थापन गर्न ट्राफिक सिग्नल प्रदान गरिएको जिल्ला ट्राफिक प्रमुख दीपक साहले जानकारी दिए हो । जनकपुरमा दशैं, तिहार र छठ पर्वको समयमा भीडभाड ज्यादा हुने भएकाले पार्किङ व्यवस्थापन सहज बनाउन सिग्नल सामग्री प्रदान गरिएको हो । 

पहिलो चरणमा भानुचोकदेखि शिव चोकमा पार्किंङ व्यवस्थित गर्न सिग्नल प्रयोग गर्ने, त्यसपछि अत्यधिक भीडभाड हुने ठाउँ जस्तै जिल्ला प्रशाशन कार्यालय, मालपोत कार्यालयदेखि विद्यपति चोकसम्म दोस्रो चरणमा सिग्नल लगाइने साहले जानकारी दिए । 

 

अव्यवस्थित पार्किंङले राम चोक, जानकी चोक, महावीर चोकलगायत स्थानमा भीडभाडको समस्या बढ्दै गएको देखिएको छ । भीडभाडका कारण जानकी मन्दिर दर्शनार्थ बाहिर बाट आउने श्रद्धालुलाई आवातजावतमा समस्या हुँदै आएको छ । 

 

एकीकृत सहरी विकाश परियोजना कार्यालयमा आज जनकपुर उपमहानगरका मेयर लालकिसोर साहले २ सय थान ट्राफिक सिग्नल धनुषा ट्राफिकसमक्ष प्रदान गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्