प्रदेश १ मा थप १२ जना कोरोना संक्रमित डिस्चार्ज



झापा : शनिबार प्रदेश १ बाट थप १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । शनिबार राति झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना डिस्चार्ज भएका हुन् ।

शनिबार नै प्रदेश १ मा सातजना कोरोना संक्रमित थपिएका थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १२ जनाको दुई पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

साथै अस्पतालमा अन्य ८३ जना कोरोना संक्रमित उचाररत छन् ।

शनिबार सात जना थपिएपछि प्रदेश १ मा संक्रमितको संख्या २ सय ४७ जना पुगेको छ भने ९० जना कोरोना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्