उदयपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि



उदयपुर : उदयपुरमा आइतबार बिहान थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकामध्ये बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना छन् । कोरोना पोजेटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।

एक जना भने शिवाई घर भएका २६ वर्षीय पुरुष भएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए । मेयर राईका अनुसार उनी १५ दिनअघि काठमाडौंबाट उदयपुर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्