२३ लाख यात्रुले राजधानी छाडे



काठमाडाैं : दशै मनाउनका लागि आइतवार साँझसम्म करिब २३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छाडे पनि राजधानीको मुख्य शहरमा भीड भने घटेको छैन ।

 

घटस्थापनादेखि घर फर्किने यात्रुको चाप बढ्न थालेको थियो । उपत्यकाका छिमेकी जिल्ला तथा हवाई सुविधा भएका यात्रु ३० गतेसम्म घर फर्किने अनुमान महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ ।

 

महाशाखाले यो वर्ष दशै मनाउन काठमाडौंँ उपत्यकाबाट ४० लाख सर्वसाधारण बाहिरिने अनुमान गरेको छ । महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले कात्तिक १ गतेपछि मात्र काठमाडौं उपत्यकामा ट्राफिको चाप घट्ने बताए ।

 

त्यस्तैं, उपत्यकाबाट बाहिरिने सवारी साधनको संख्या बढे पनि भित्रिने साधनको सङ्ख्या भने कम हुदै गएको छ । ट्राफिक प्रहरी प्रवक्ता राजकुमार लम्सालले भित्रिने सवारी साधनहरुको संख्या दैनिक दुई हजारमा झरेको जानकारी दिए ।

 

काठमाडौं उपत्यकाका छ वटा नाकामध्ये सबैभन्दा धेरै यात्रु नागढुङ्गा र जगाते साँगा भक्तपुरबाट बाहिरिएका छन् । त्यसपछि फर्पिङ, मुड्खु र टोखाबाट यात्रु बाहिरिएका छन् । ती नाकामा कुकुर सहितको सुरक्षा चेकजाँचको व्यवस्था गरिएको जानकारी प्रहरीले दिएको हो ।

 

घटेन न्यूरोडको चाप काठमाडौं उपत्यकाको मुख्य ब्यापारीक केन्द्र न्यूरोड, खिचापोखरी, भोटाहिटी, वटु, महाबौद्ध, असन र इन्द्रचोक क्षेत्रमा सर्वसाधारणको चाप भने अझै घटेको छैन । दशैको सरसामान किनमेल गर्नेको बाक्लो भीडसँंगै यसक्षेत्रमा ट्राफिक जामका अतिरिक्त सर्वसाधारणको आवागमनमा समस्या देखिएको छ । भाडा दरमा चर्को गुनासो यसैबीच, भाडादरका विषयमा धेरै गुनासो आएको प्रहरीले जनाएको छ । यातायात ब्यवसायीले बढी भाडा लिनुका साथै सिट ब्यवस्था नगरेको गुनासो गरेका छन् ।

 

महाशाखाका प्रहरी निरीक्षक जितेश दाहालले बढी भाडा लिने र सिट ब्यवस्थापन गर्न नसक्ने १८ वटा सवारी साधनलाई कारवाही गरेको जानकारी दिए । यात्रुको गुनासोपछि विभिन्न टिकट काउण्टरको अनुगमन खटिएको प्रहरीले बढी भाडा अशुल्ने सफलता यातायात र काठमाडौंबाट कोटेश्वर हँुदै विराटनगर जाने विभिन्न बसलाई कारवाही गरेको उन बताए ।

 

सर्वसाधारणको गुनासो सुनुवाइका लागि १४ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्