सलमान खानले छोडेको फिल्मले चम्कायो शाहरुखको भाग्य



एजेन्सी : बलिउडमा हाल सलमान खानको प्रतिस्पर्धा गर्ने कोही पनि देखिएका छैनन् । एकपछि अर्को गर्दै उनका फिल्महरुले ठुलो व्यापारिक सफलता पाइनै रहेका छन् ।

तर, उनले यस्ता केही फिल्महरु खेल्न अस्वीकार गरे जसको पश्चाताप आज पनि उनी गरिरहेका छन् । पुराना दिनहरुमा गरेका ती गल्तीलाई उनी ठुलो भुलको रुपमा लिने गर्छन् ।

तर, उनले छोडेको फिल्महरुले भने शाहरुख खानले बलिउडमा ठुलो फड्को मारे । उनले छोडेका धेरै फिल्महरुमा शाहरुख खानलाई लिइएको थियो । ती फिल्महरु आज पनि उत्तिकै चर्चीत छन् र सुपरहिट पनि ।

१. बाजीगर

फिल्म ‘बाजीगर’ मा खेल्न सलमान खानलाई अफर गरिएको थियो । तर, सलमान खानले फिल्मलाई सोझै अस्विकार गरिदिएका थिए । यो फिल्म त्यसपछि शाहरुख खानको पोल्टामा पर्यो । फिल्ममा नेगेटिभ रोल गर्न नचाहेका कारण सलमानले यस फिल्म खेल्न अस्वीकार गरेका थिए । तर, शाहरुख यस फिल्म पश्चात रातारात हिट भए ।

२. कल हो ना हो

अर्को सुपर हिट फिल्म ‘कल हो ना हो’ सलमान खानले खेल्न अस्वीकार गरे । यस फिल्ममा समिरको रोल सलमान खानलाई अफर गरिएको थियो । उनले अस्वीकार गरेपछि उक्त रोल सैफ अली खानलाई अफर गरियो । फिल्म सुपरहिट भयो । शाहरुख खानको सर्पोटिङ रोलमा काम गर्न उनले रुची देखाएनन् ।

३. चक दे इण्डिया

धेरैलाई थाहा नहुन सक्छ । यो फिल्म पनि सलमान खानलाई अफर गरिएको थियो । प्रशिक्षकको भुमिका निभाउन उनलाई यस फिल्मको अफर गरिएको थियो । तर, यो फिल्म पनि शाहरुख खानको पोल्टामा पर्यो । सलमानले कारण देखाउँदै फिल्म खेल्ने नसक्ने भनेपछि शाहरुखलाई लिइएको थियो । भारतीय खेल इतिहासको सफल फिल्ममा लिइएको यस फिल्मको हिस्सा बन्न सकेनन् सलमान खान ।

४. दिलवाले दुल्हनिया ले जाएगे

भारतीय फिल्म इतिहासमा सबैभन्दा हिट रहेको फिल्म ‘दिलवाले दल्हनिया ले जाएगे’ फिल्म पनि सलमान खानलाई अफर गरिएको थियो । फिल्ममा ‘राज’ को भुमिकामा देखिएको भए उनको फिल्ममा प्रयोग हुने नाम प्रेम भन्दा राज नै धेरै चर्चामा रहन्थ्यो । तर, उनले यो फिल्म पनि शाहरुखको पोल्टामा पर्यो ।

५. जोश

फिल्ममा ‘जोश’ मा शाहरुख खानको भुमिकालाई लिएर ठुलो चर्चा भएको थियो । सलमानले अस्वीकार गरेको यो फिल्मले सलमान खानलाई बेलाबेलामा झस्काइरहन्छ । आफ्नी प्रेमिका ऐश्वर्याको भाइ बन्न नचाहेका कारण उनले यस फिल्म अस्वीकार गरिदिएका थिए । फिल्म बल्कबस्टर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्