यौन सन्तुष्टिका लागि कति समय उपयुक्त ?



एजेन्सी : पुरुष र महिलाबीचको यौन सम्पर्कको कार्य कति समयसम्म चल्नुपर्छ भन्ने कौतुहलता धेरैमा हुने गर्दछ । यो वास्तवमा साधारण सवाल हो । महिला र पुरुषबीच यौन सम्पर्क गर्दा यौन सन्तुष्टि प्राप्त गर्न जति समय लाग्छ त्यही नै यसको लागि स्वाभाविक समय हो ।

यौन सम्पर्कको बेला महिला र पुरुषको बराबरी भूमिका रहन्छ, जसले यौन सम्पर्कको अवधिलाई आनन्दमय बनाउँछ । तर संसारमा कतिपय महिलाहरु यौन आनन्द भनेको पुरुषको लागि मात्र हो भन्ने ठान्छन् । यो सोचाइ एकदमै गलत हो । यौन आनन्द तबमात्र प्राप्त हुन्छ जब महिला र पुरुष दुवैले कोशिश गर्दछन् । अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार महिला र पुरुषको यौन सन्तुष्टिका लागि २० मिनेट मात्र समय लाग्छ ।

अमेरिकामा करिब १५ हजार महिलामा गरिएको एक सर्वेक्षण प्रतिवेदनमा हरेक १० मध्ये १ महिलालाई १५ मिनेटमै चरम यौन सन्तुष्टि प्राप्त हुने बताइएको छ ।

अनुसन्धानमा संलग्न डा. क्रिस्टिन रोज भन्छिन्, ‘महिला र पुरुष दुवै जना उत्तेजनामा आएपछि मात्र यौन सम्पर्क शुरु गर्नुपर्छ । पुरुषले आफ्नो यौन पार्टनरलाई पूर्णरुपमा सन्तुष्टि प्रदान गर्न सक्छु भन्ने आत्मविश्वास राख्नुपर्दछ । साथै महिलाको हरेक यौन अंगको बारेमा जानकारी राख्नुपर्दछ । पुरुषले महिलालाई सम्मानपूर्वक व्यवहार गर्नुपर्छ । महिला पार्टनरलाई होच्याउने किसिमका कुरा गर्नुहुँदैन । त्यति लामो समयसम्म यौन सम्पर्क गर्नु भनेको मजस्ता महिलाहरुको निम्ति ज्यादै कष्टदायक हुन्छ । किनभने से क्स भनेको १० देखि २० मिनेटसम्मको एक रोचक खेल हो, जुन निकै मनोरञ्जक हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्