अटाे दुर्घटनामा एक वृद्धाकाे मृत्यु



प्युठान :  जिल्लाकाे नौवहिनी गाउँपालिका–६ सितचौरमा अटो दुर्घटना हुदाँ एक जनाको घटनास्थलमै मुत्यु भएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका –४ खबाङकी ६९ वर्षीया तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

 

आईतबार बाग्दुलाबाट खबाङतर्फ जान लागेको अटो राती ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा ४ जना घाईते भएका छन् । घाईते हुनेमा नौवहिनी –खवाङकै ४६ वर्षीया कालिदेवी पुन र चालकको श्रीमती र छोरी रहेका छन् ।

 

चालकको श्रीमती र छोरीको अवस्था सामान्य छ । ४६ वर्षीया कालिदवी पुनलाई जिल्ला अस्पताल विजुवारमा उपचार सम्भव नभएपछि बुटवल रिफर गरिएको प्रहरी प्रमुख निर्मल बुढाथोकीले जानकारी दिए ।

 

अटोमा चालक सहित ५ जना यात्रु सवार थिए । दुर्घटना के कारण भयो भन्ने अनुसन्धान चलिरहेको छ । चालक लालबहादुर गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्