एन्फाबाट एक रुपैयाँ पनि नलिएको खेलकुद मन्त्रीको भनाई



काठमाडौं : युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट एक रुपैयाँ नलगेको स्पष्ट पारेका छन् ।

संघीय संसदमा बिनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री विश्वकर्माले एन्फाबाट एक रुपैयाँ नलगेको स्पष्ट पारेका हुन् ।

संसद बैठकमा सांसद प्रदीप यादवले एन्फाले खेलुकद मन्त्रीलाई माया गरेर १७ करोड रुपैयाँ दिएको आरोप लगाएका थिए । यस्तै खेलकुद मन्त्री विश्वकर्माले एन्फा अध्यक्षले दिएको अभिब्यक्तीको बिषय आफुलाई जानकारी नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्