शारीरिक सुगठन तथा फिटनेस संघद्धारा जिम तथा फिटनेस सेन्टर खुल्ला गर्न माग



काठमाडौं : काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघले जिम तथा फिटनेस सेन्टर (व्यायामशाला) खुल्ला गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

संघले जिम तथा फिटनेस सेन्टर (व्यायामशाला) खुल्ला गर्न माग गर्दै काठमाडौं जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो । संघका अध्यक्ष सुरेश सुवेदीको नेतृत्वमा गएको टोलीले प्रशासनलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्