प्रिमियर लिगका रेफ्रीको पनि कोरोना परिक्षण हुने



एजेन्सी : इंग्लिस प्रिमियर लिग क्लबका रेफ्री र सहायक रेफ्रीहरुको कोरोना परिक्षण हुने भएको छ । खेलाडी र स्टाफको कोरोना परिक्षण गरिरहेको प्रिमियर लिगले पहिलो पटक रेफ्रीहरुको परिक्षण गर्ने भएको हो ।

रेफ्रीहरुको यसै हप्ता भित्र कोरोना परिक्षण गरिने जनाइएको छ। यस अघि खेलाडी र स्टाफ गरि ६ हजार २ सय ६१ जनाको कोरोना परिक्षण गर्दा १३ जनामा संक्रमण देखिएको थियो ।

कोरोनाका कारण स्थगित प्रिमियर लिग जुन १७ बाट सुचारु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्