म्यान्चेष्टर युनाईटेड लिजेण्ड टोनी ड्युनको निधन



एजेन्सी : म्यान्चेष्टर युनाईटेडबाट युरोपियन कप जितेका लिजेण्ड खेलाडी टोनी ड्युनको ७८ बर्षको उमेरमा निधन भएको छ ।

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए ।

त्यस्तै उनले युनाईटेडबाट दुई पहिलो डिभिजनको फुटबल उपाधि र एफ ए कप उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्