अब नेपालका ५ जिल्ला मात्रै कोरोनारहित, इलाममा पनि देखियो



इलामः इलाममा पहिलो पटक कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

योसँगै प्रदेश नम्बर १ मा अब ओखलढुंगा बाहेकका १३ जिल्लामा संक्रमण फैलिएको छ । अब नेपालका ५ जिल्ला मात्रै संक्रमणरहित रहेका छन् ।

इलामको करफोक क्वारेनटाइनमा रहेका इलामका २६ वर्षिय पुरुषमा कोरोना देखिएको छ । उनी गत जेठ १८ गते भारतको चेन्नाइबाट कांकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्