कैदीलाई पनि खसी उपहार !



कालिकाेट : जिल्ला कारागार कालिकोटका कैदीलाई दसैं मनाउन तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले खसी उपहार दिएका छन् । हिन्दुहरुको चाड दसैंको अवसरमा कैदीबन्दीहरुले पनि खुसीयालीपूर्वक मनाउन उपहार स्वरुप उनले खसी उपहार दिएका हुन् ।

 

नगर प्रमुख शाहीले सोमबार जिल्ला कारागार कालिकोटमा पुगेर खसी र खाद्यान्न हस्तारण गरेका हुन् । नेपालीहरुको चाड दसैँमा कैदीबन्दीहरुलाई निरासा हुन नपराेस भनेर खसी र खाद्यान्न उपहार दिएको शाहीले बताए । उनले भने, ‘दसैंमा खल्लो महशुस नहोस भनेर कैदीबन्दीलाई उपहार दिएको हुँ ।’

 

शाहीले कैदीबन्दीलाई कानुनअनुसार सबैले सजाय भोग्नु पर्ने भएकाले कानुनको पालना गर्न आग्रह गरे । ‘जानअन्जान गल्ती गरेकाले तपाईहरुले कानुनअनुसार कैद भुक्तान गरिरहनु भएको छ ।’ उनले भने, ‘कानुनको पालना गर्नु नागरिकको कर्तव्य हो ।’

प्रतिक्रिया दिनुहोस्