गर्भपतन गराउने ६० प्रतिशत युवती २० वर्षमुनिका, अधिकांश अविवाहित



दाङ : जिल्लामा गर्भपतन गराउने कुल संख्याको ६० प्रतिशत २० वर्षमुनिका किशोरी रहेको पाइएको छ । गत आर्थिक वर्षमा चार हजार तीन सयले सुरक्षित गर्भपतन गराएको मा तीमध्ये  ६० प्रतिशत २० वर्षमुनिका किशो री रहेका छन् ।

 

जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत किशो र आचार्यका अनुसार एक वर्षमा २० वर्षमुनिका दुई हजार चार सय एक र सोभन्दा माथिका एक हजार ६ सय दुईजनाले गर्भपतन गराएका छन् ।

 

आचार्यले जिल्लाका १२ वटा मान्यता प्राप्त सूचीकृत स्वास्थ्य संस्थामा पुगे र सुरक्षित गर्भपतन गराउने  महिलाको  संख्या वर्षेनी बढ्दै  गएको  बताए ।

 

अस्थायी साधनहरूको  प्रयो ग नगर्दा गर्भ रहने  र पतन गराउन स् वास् थ्य संस्था पुग्ने हरू बढ्दै गएको उनले बताए । सरकारले  २० वर्षभन्दा कम उमे रमा विवाह गर्न नपाउने  व्यवस्था गरे को  छ । तर, बालविवाह र विवाहपूर्व हुने  यौ नसम्पर्कका कारण पनि गर्भपतन गराउने हरूको  संख्यामा वृद्धि भएको  स् वास् थ्यकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्