माथिल्लो तामाकोशीकाे दोस्रो चरणको सेयर कात्तिक १५ गतेदेखि



काठमाडौं : माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोस्रो चरणको सेयर कात्तिक १५ गतेदेखि निष्काशन गर्ने भएको छ ।

 

दोस्रो चरणको साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो ।

 

प्रतिकित्ता सय रुपैयाँदरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयर मध्ये पहिलो चरणमा दोलखाका अायोजना प्रभावितका लागि  १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिएको थियो जसको लागि साउन १६ देखि भदौ २१ गतेसम्म  आवेदन भर्ने समय  थियो ।  

 

यसको बाँडफाँटपश्चात् सर्वसाधारणका लागि दोस्रो चरणको सेयर कात्तिक १५ गतेबाट निष्काशन गर्न लागिएको बिक्री प्रबन्धकले जनाएको छ । यसको बिक्री प्रबन्धकको काम नागरीक लगानीकोष र सनराइज क्यापिटलले गर्नेछ । 

 

न्यूनतम ५० कित्ता र अधिकतम  एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन सि आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट भर्न र बुझाउन सकिनेछ ।

 

पर्याप्त आवेदन परेको अवस्थामा कात्तिक १९ गते आवेदन फारम बुझाउने अन्तिम दिन हुनेछ । यदि सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने मंसिर १४ गतेसम्म समय थप गरिनेछ । 

 

प्रतिक्रिया दिनुहोस्