बसन्तपुरमा अतिक्रमित २५ हेक्टर वनको जग्गा पुन वन कार्यालयको नियन्त्रणमा



वीरगन्जः पर्साको जिराभवानी गाउँपालिका क्षेत्रमा रहेको सब डिभिजन वन कार्यालय बसन्तपुरको अतिक्रमित क्षेत्रलाई वन डिभिजन कार्यालय पर्साले समरक्षित गरेको छ ।

राष्ट्रिय वन संरक्षण नीति अन्तरर्गत गाउँपालिकाको वडा नम्बर २ को सब डिभिजन वन कार्यालय मातहातमा परेको अतिक्रमित १५ हेक्टर अर्थात २२ विघा जग्गा वन कार्यालयले पुन आफनो नियन्त्रणमा लिई तारवार र वृक्षारोपन कार्यक्रम शुरु गरेको हो ।

दुई दशकभन्दा लामो समयदेखि राष्ट्रिय वनको सो जग्गा स्थानीयवासीले अतिक्रमण गरेर विभिन्न बाली उब्जाउँदै आएका थिए । उनीहरुले अतिक्रमित जग्गामा धान, गंहु, उखु, सुर्तिको खेती गर्दै आएका थिए । लामो समयदेखि राष्ट्रिय वनको अतिक्रमित जग्गा खाली गराउने विषयमा डिभिजन वन कार्यालय पर्सा असफल बन्दै आएको थियो ।

स्थानीयवासीहरूले दुई दशकभन्दा लामो समयदेखि खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएको क्षेत्र खाली नगर्ने अडान लिएको कारण अतिक्रमित जग्गा खाली हुन सकेको थिएन ।

तर स्थानिय संग अतिक्रमित जग्गामा कबुलियत वन बनाउँने कुरामा सहमति जुटेपछि वन कार्यालयले अतिक्रमित १५ हेक्टर जग्गा सहित खाली रहेको २५ हेक्टर अर्थात ३९ विघा जग्गामा पिल्लर लगाउँदै तारवारले छेक्ने काम शुरु गरिएको डिभिजन वन कार्यालयका अधिकृत रेयाज अहमद अंसारीले बताए ।

नेपाली सेना, सशस्त्र, जनपद, वनरक्षक, निकुञ्ज कर्मचारी, वन कर्मचारी र स्थानीय जनप्रतिनिधिहरूले उपस्थितीमा कबुलियत वन बनाउने कुरामा सहमति जुटेपछि अतिक्रमित क्षेत्रमा तारबार छेक्ने काम शुरु गरिएको हो ।

उनले विभिन्न समयमा गरिएका प्रयासहरू सफल नभएपछि आज राष्ट्रिय वन संरक्षण नीति अन्तर्गत वनको दाबी रहने गरी स्थानीयवासीको भोग नमास्ने गरी कबुलियत वनमा सहमति जुटाएको बताए । अतिक्रमित जग्गामा तारबार गरी वृक्षारोपन गरेर कबुलियत वनको रुपमा हस्तान्तर गर्ने छौ ।

गरिब, विपन्न वर्गको जिविकोपार्जनको गर्नको लागि डिभिजन कार्यालयले बकुलियत वनको रुपमा प्रस्ताव लिएर आएन भनेको छ, उनले भने, अतिक्रमित क्षेत्रमा तारवार लगाएर वृक्षारोपन गरी बकुलियत वनको रुपमा हस्तान्तरण गछौ ।

वनको जग्गामा कार्ययोजना अन्तरगत जडिबुटि वा अन्य खेती गर्ने योजना अनुसार वन कार्यालयले कार्ययोजना समेत बनाएर स्थानिय गरिब जनताको लागि जिविकोपार्जन गर्नको लागि हस्तान्तर गरे मालिक समेत बनाउँने उनले बताए ।

डिभिजन वन कार्यालय अनुसार पर्सामा ७७ हजार १ सय २३ हेक्टर जग्गा वन क्षेत्रमा फैलिएको छ । जसमध्ये वन कार्यालय पर्साले ११ हजार ५ सय ८५ हेक्टर जग्गाको मात्र रेखदेखको जिम्मा पाएको छ । बाँकी वनको जग्गाको संरक्षण गर्ने जिम्मा पर्सा राष्ट्रिय निकुञ्चको रहेको छ ।

वन अधिकृत रेयाज अहमद अंसारीको सक्रियतामा जिल्लामा कुन ३ सय ८० हेक्टर अतिक्रमित जग्गा मध्ये १४० हेक्टर जग्गा फिर्ता गराउँन डिभिजन वन कार्यालय सफल भएको छ ।

आर्थिक बर्ष २०७४-७५ मा सबैयाबाट २७ हेक्टर, आर्थिक बर्ष ०७५-७६ मा जिराभवनी गाउँपालिकाको सुगिभार क्षेत्रमा अतिक्रमित २८ हेक्टर जग्गा, पर्टेवा सुगौली गाउँपालिकाको सोनवर्षा क्षेत्रबाट ६० हेक्टर र जिराभवानी गाउँपालिका २ को बसन्तपुर क्षेत्रबाट २५ हेक्टर गरी १४० हेक्टर अतिक्रमित जग्गा पुन कब्जामा लिएर तारवार तथा वृक्षारोपन कार्यक्रम गरिएको अधिकृत अंसारीले बताए ।

प्रतिक्रिया दिनुहोस्