दुई महिनादेखि एकसाथ रहेका सलमान र ज्याकलिनको ‘अफेयर’!



एजेन्सी : बलिउडका सुपरस्टार सलमान खान दुई महिनादेखि आफ्नै फार्म हाउसमा लकडाउन समय बिताईरहेका छन् । सोही क्रममा सलमानले आफ्नो केही गीतहरु पनि सार्वजनि गरेका छन् । थ्रिस्टार स्तरको सुविधा भएको फार्म हाउसमा आफ्नो समय बिताइरहेका सलमानसँग ज्याकलिन पनि साथमा रहेकी छिन् ।

ज्याकलिन लकडाउनको समयदेखिनै लिमानकै फार्म हाउसमा रहेकी थिईन् । यो बीचमा सलमान र ज्याकिलनको गीत छायाँकन पनि त्यहि भएको हो । यी दुईको केही फोटोहरु पनि सार्वजनिक भएको थियो । ज्याकलिनले एक म्यागजिनको लागि लकडाउनकै बीच फार्म हाउसमै फोटो शुट पनि गरिन् ।

यति मात्र हैन, ज्याकलिनले फार्म हाउस आफ्नै घरभन्दा बढि प्यारो भईसकेको बताएकी छिन् । लगातार दुई महिनादेखि सँगै समय बिताईरहका सलमान र ज्याकलिनबीच अफेयर रहेको भारतीय मिडियाहरुले दावी गरेको छ ।

दुई महिनासम्म फार्महाउसमै बस्नु र लगातार दुबैको फोटो बाहिरिनु संयोग मात्र नभएको बलिउड भाष्करले दावी गरेको थियो । यस्तै अन्य मिडियाले पछिल्लो समय लकडाउन अघि पनि सलमान निरन्तर ज्याकलिनसँगै हुने हुदाँ दुई बीच निकै लामो समयदेखि अफेयर रहेको दावी गरेको हो ।

सलमान खान र नायिका ज्याकलिन फर्नान्डेजको जोडीलाई ‘किक’बाट दर्शकले खुबै रुचाए । यो फिल्मले बक्स अफिसमा पनि उत्कृष्ट व्यापार गर्‍यो । यो फिल्म प्रदर्शन भैरहँदा सलमान र ज्याकलिनको प्रेमको चर्चा पनि चल्यो । तर त्यतिबेलाको चर्चा चर्चामै सिमित भयो ।

अहिले पुन बलिउडमा यो चर्चा शुरु भएको छ । विशेषगरि लकडाउनमा लामो समय एकसाथ हुदाँ यो चर्चा बाहिरिएको हो । यसो त सलमानको जिवनमा धेरै युवतीहरुको नाम जोडियो । ती सम्बन्धहरु लामो समयसम्म टिकेन । त्यसैले भने बलिउडमा सलमान खानलाई असफल प्रेमी भनेर चिनिन्छ ।

उनले अहिलेसम्म संगीत बिजलानी, सोमी, ऐश्वर्या राय, स्नेहा उलाल, कटरीना कैफ, क्लाउडिया सेस्ला, जरिन खान, महेक चाहेल, डेजी शाह र यूलिया वन्तर लगायतसँग सम्बन्ध जोडेका छन् । सलमानले ११ नम्बरमा ज्याकलिनसँग सम्बन्ध जोड्न लागेका हुन् की भन्ने बिषयले बलिउडमा चर्चा शुरु गरेको हो ।

तर, यो सम्बन्ध पनि पहिलेकै जस्तो टुट्ने हो या साच्चै प्रेम हुदै बिवाहसम्म पुग्ने हो कुर्नै पर्ने हुन्छ । सलमान र ज्याकलिनले भने यस विषयमा मुख खोलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्