इन्डोनेसिया पछि मलेसियाले पनि आफ्नो नागरिकको हज यात्रामा प्रतिबन्ध लगायो



एजेन्सी– मलेसियाले जुलाईमा आफ्ना नागरिकहरुलाई हजमा मक्का र मदीना जान अनुमति नदिने भएको छ ।

मलेसिया एक मुस्लिम बाहुल्य देश हो र यहाँका व्यक्तिहरू पनि हरेक बर्ष हज यात्राको पर्खाइमा हुन्छन् । कोरोना भाइरसको महामारी कारण हज यात्रामा रोक लगाइएको मलेशियाका अधिकारीहरूले जनाएका छन् ।

यस वर्ष मलेसियाबाट ३० हजार मानिसहरू साउदी अरेबियाको हज यात्रामा जाँदै थिए। जनसंख्याको हिसाबले विश्वको सबैभन्दा ठूलो मुस्लिम देश इन्डोनेसिया पनि आफ्ना नागरिकहरूलाई हज यात्रामा जान रोक लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्