गृहको निर्देशनले पनि रोकिएन सरकारविरुद्ध प्रदर्शन, युवा भन्दैछन्- ‘अब त अत्ति भो !’ (फोटोफिचर)



काठमाडौं– बिहिबार गृहमन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै ७७ जिल्लाका सीडीओलाई सरकार विरुद्धको प्रदर्शन रोक्नको लागि निर्देशन दियो ।

केही दिन अगाडीदेखि विभिन्न बहानामा र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चत स्थानमा जम्मा हुन आवहन गर्ने, जुलुस प्रदर्शन शान्तिपूण धर्नामा नाममा धेरै व्यक्तिहरू सहभागी बनाउने, ज्ञापन पत्र दिन जाने आदी जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा लकडाउनको आदेशको अवहेलना हुने गरि देखिएको प्रवित्तिप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको थियो ।

यसैगरी लकडाउनको उल्लघंन गरे संक्रमण रोग ऐन २०२० को दफा ३ अन्तर्गत रु १०० देखि ६ सय सम्म जरीवाना र १ महिना देखि ६ महिना थुनामा राख्ने चेतावनी पनि दिएको थियो ।

तर यी सबै कुराहरूको वेवास्ता गर्दै आज शुक्रबारपनि स्वस्फूर्त रुपमा काठमाडौंमा प्रदर्शन गरिएको छ । युवाहरुको समूहले शुक्रबार पनि काठमाडौँको बसन्तपुरमा प्रदर्शन गरेको हो ।

सरकारलको प्रार्थमिकतामा कोरोना संकट समाधान पर्नुको साटो अपारदर्शी र गैरजीम्मेवारगतिविधिविरुद्ध स्वस्फूर्त, ननगरिकस्तरको, गैरदलीय शान्तिपूर्ण प्रदर्शनको आज चौथौं दिन पुगेको छ ।

‘जनताको कर, तिम्रो रहर मज्जा आएननी सरकार, पुलिसको परिवारलाई पनि कोरोना लागेको छ पीसीआर टेष्ट चाहिदैन्, बाच्चेहरूमा हाहाकार मरेपछि पीसीआर, १० अर्ब पचायो भ्रष्टाचार गनायो, सरकार कसको इसारामा’ भन्ने नारा लेखिएकोे प्लेकार्ड बकेर उनीहरूले सरकारलाई खवरदारी गरेका हुन् ।

यस्तै बिहीबार नक्सालमा पनि बृहत प्रदर्शन भएको थियो । नक्साल क्षेत्रमा ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा, लाठी चार्जका साथै अश्रु ग्याससमेत प्रहार गरेको थियो। त्यसै क्रममा केही घाइते पनि भएका थिए ।

सामाजिक सञ्जालमा ‘अब त अत्ति भो !’ अभियानबाट शुरु भएको खवरदारी यतिबेला सडकसम्म आइपुगेको छ ।

नागरिकहरु महामारिले आहत भैरहेका, भोकसँग लडिरहेका बेला देशको मुल नेतृत्व पङ्ति भ्रम छर्न, झुटो सूचना बाँड्न र एकार्कामा घृणित दोषारोपण गरेर असली जीम्मेवारिबाट दिनानुदिन पन्छिरहेको स्थितिले निराशा थपेको युवाहरूको गुनासो छ ।

पछिल्लो ७२ घण्टामा धनगढी, पोखरा, बिराटनगर, सुर्खेत, चितवन, विरगञ्ज लगायत विभिन्न स्थानमा र काठमाण्डौँ उपत्यकाका दर्जनौँ स्थानमा स्वस्फूर्त प्रदर्शनहरु भएका छन् । नागरिक आन्दोलनको संसारभरिको अभ्यासहरु जस्तै स्वनियमित र स्वस्फूर्त आन्दोलनको ढाँचामा प्रदर्शनहरु निरन्तर भैरहेका हुन् ।

१०० प्रतिशत पिसिआर टेस्ट गराउनुपर्ने र टेस्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाईन मृत्युशैया बनेका छन, भाईरस संक्रमणका केन्द्रबिन्दु बनेका छन त्यसैले तत्काल क्वारेन्टाईनको गुणस्तर सुधार गर्नुपर्ने, मेडिकल क्षमता विस्तार गर्नकासाथै, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मिको स्वास्थ्य सुरक्षा र स्वाभीमानको सुनिश्चितता गर्नुपर्ने कोरोना नियन्त्रणमा खर्च गरिएको भनिएको १० अर्बको विषयगत र सुप्ष्ट पारदर्शिता सार्वजनिक गर्नुपर्ने असक्षम र अकर्मण्य सरकार जाग र नागरिकको जीवन रक्षा र जवाफदेहिता कायम गरिनु पर्ने उनीहरूको माग रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्