यी पोर्नस्टार जसले ट्रम्पसँग सेक्स सम्बन्ध राखेकी थिइन्



एजेन्सी : पोर्नस्टार स्टोर्मी डेनीयल्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सेक्स सम्बन्ध राखेको विषय चर्चामा आएपछि टेलिभिजन अन्तर्वार्तामा उनलाई सोधिएको थियो, ‘तपाइको डोनाल्ड ट्रम्पसँग यौन सम्बन्ध भएको थियो ?’ उत्तरमा उनले रहस्यमयी मुस्कान मात्रै दिइन् ।

उनले टच म्यागेजिनसँग कुरा गर्दा ट्रम्पसँग सेक्सुअल रिलेसन रहेको बताएकी थिइन् । भविष्यको अमेरिकी राष्ट्रपतिसँग त्यस्तो सम्बन्ध एक वर्षसम्म कायम थियो ।

‘कुनै दिन आवश्यकता पर्यो भने म उनका खराबीलाई खोल्न सक्छु’, सन् २०११ मा ड्यानियल्सले अन्तर्वार्तामा भनेकी थिइन् । उनले सन् २००६ मा ट्रम्पसँग ह्यारिस क्यासिनो होटलको रुममा यौन सम्बन्ध कायम गरेको बताइएकी थिइन् जहाँ च्यारिटीका लागि सेलिब्रिटीले गल्फ खेलेका थिए ।

ट्रम्पका वकिलले डेनाइल्सलाई पैसा दिएर चुप लगाएको विषयलाई अस्वीकार गरेका छन् । वर्ल्ड इकोनोमिक फोरममा सहभागी हुने तयारीमा रहेकी फस्ट लेडीले स्विट्जरल्यान्डको डाभोस यात्रा क्यान्सिल गर्नुका पछाडि यही खुलासा रहेको अनुमान गरिएको छ । यद्यपि ट्रम्पका प्रवक्ताले सेड्युल र लजिस्टिक इस्युका कारण उनी नगएको दावी गरेकी छिन् ।

एजेन्सीको हवाला दिंदै न्युज अफ नेपालले लेखेको छ( उनीहरूको यौन सम्बन्ध त्यतिखेर भएको खुलासा भएको छ जतिखेर ट्रम्पकी पत्नी मेलेनियाले एक महिनाअघिमात्र छोरो वारोनलाई जन्म दिएकी थिइन् । डेनियल्सले यौन सम्बन्धमात्र होइन २०११ को अन्तर्वार्तामा रासलीलाका तरिकाबारे पनि खुलाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्