हेराैं



दसैंको उल्लास सुरु भइसकेको छ। बुधबार विजयादशमीको सातौं दिन अर्थात् फूलपाती हो। साथै, देशभरका विभिन्न शक्तिपीठ र दशैं घरमा फूलपाती भित्र्याइँदैछ। आज पूजाकोठामा फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नामका नवपत्रलाई भित्र्याउँने प्रचलन छ।

 

नौ पातमा पुस्तक, कापी, कलम, मसीदानी लगायतका विद्यार्थीसँग सम्बन्धित वस्तुहरुको पनि पूजा गर्ने प्रचलन छ। ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा गरिने भएकाले फूलपातीलाई नवपत्रिकाको नामले पनि चिनिन्छ।

 

बडा दशैँको सातौँ दिन मंगलबार बागलुङको कालिका भगवती मन्दिरमा फूलपातीको भित्र्याइँदै । तस्वीर : सुवास गौतम, बागलुङ, रासस

वीरगन्जमा मंगलबार फूलपाती भहवामाई मन्दिरतर्फ लैजाँदै नेपाली सेना । तस्वीर :बिजय कुमार महतो, पर्सा, रासस

बडादशैंको सातौ दिन मंगलबार फूलपातीको अवसरमा दमौलीमा फूलपाती भित्र्याइँदै । हरेक वर्ष फूलपातीको अवसरमा व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरमा फूलपाती भित्र्याइन्छ । तस्बिर : कृष्ण न्यौपाने, दमौली(तनहुँ), रासस

पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा मंगलबार फुलपाती भित्र्याइँदै । तस्वीर : हरि बास्तोला, पोखरा, रासस

व्यासनगरपालिका वडा नं ४ स्थित तनहुँ कालिका मन्दिरमा मंगलबार फुलको डोली लैजादै नेपाली सेना र नेपाल प्रहरी । तस्बिर : सानेबहादुर नेपाली, तनहुँ, रासस

 

प्रतिक्रिया दिनुहोस्