थप ६१ जना डिस्चार्ज, कोरोना जित्नेको संख्या ९७४ पुग्यो



काठमाडौं : नेपालमा थप ६१ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ९७४ पुगेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएका हुन् ।

कोरोना जित्ने ९७४ मध्ये ८७७ र ९७ महिला रहेका छन्।नयाँ डिस्चार्ज हुनेमा ५५ पुरुष र ६ जना महिला रहेको मन्त्रालयलले जनाएको छ।

यसैगरी, मन्त्रालयका अनुसार रेड जोनमा ४५८ जना रहेका छन्।

यस्तै आइतबार थप ४२५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार आइतबार ४२५ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ५७ सय ६० पुगेको हो। नयाँ संक्रमितमध्ये ३७५ पुरुष र महिला ५० महिला रहेका छन्।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १ लाख ४३ हजार ६४१जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ४ हजार ७६८ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्